तस्बिरः शंकर तिवारीको ट्विटरबाट
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण तयारीका लागि नयाँदिल्ली गएका परराष्ट्र मन्त्री प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ।
नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा सोमबार दिउँसो भएको हो। भेटमा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका परराष्ट्रमन्त्री महत आइतबार भारत पुगेका हुन्।
भारतमा रहँदा परराष्ट्रमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।