पूर्वसभासद् डा लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा बुधबार निधन भएको छ। सप्तरीको हरिहरपुर–९ निवासी चौधरीको आफ्नै घरमा निधन भएको बताइएको छ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्राध्यापकसमेत रहेका चौधरी पहिलो संविधानसभा विसं २०६४ सालमा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सभासद् बनेका थिए।
चौधरीलाई बुधबार साँझ सामाजिक परम्पराअनुसार गाउँमै अन्त्येष्टि गरिएको छ। सभासद् चौधरीका दुई छोरा र दुई छोरी छन्। रासस