प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ।
दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा विभिन्न तीनवटा सम्झौता भएको हो।
हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिस, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे र दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ।