बेलायती महारानी भिक्टोरीयाको बिहेको केकको एउटा टुक्रा १ हजार ५ सय पाउन्डमा बुधबार बिक्री भएको छ। केकको यो टुक्रा १९औं शताब्दीको थियो।
महारानी भिक्टोरियाले सन् १८४० मा राजकुमार अल्बर्टसँग बिहे गरेकी थिइन्। लिलाम भएको केक त्यही समयको भएको बताइएको छ।
बेलायतको जर्सीमा बसोबास गर्ने संग्रहकर्ता डेभिड गेन्सबरो रोबर्टसले यो केकको टुक्राको लिलामी गरेका हुन्। केकसँगै एउटा उपहार बक्स पनि बिक्री गरिएको थियो।
जसमा लेखिएको थियो–‘द क्विन्स ब्राइडल केक बकिङ्घहम प्यालेस, १० फरवरी १८४०।’ शाही स्टयाम्पसहित महारानी भिक्टोरियाले हस्ताक्षर गरेको एउटा कागज पनि बिक्री गरिएको थियो।
बेलायतमा पुराना वस्तुहरूको लिलामी गर्दै आइरहेको क्रिस्टिज कम्पनीले सबै बस्तुको लिलामी गरेको थियो।