कोशीको छालमा परेर प्रकाशपुरको श्रीलंका टापुबाट राजावास आउँदै गरेको ढुंगा दुर्घटना भएको छ।
शनिबार दिउँसो करिब ११ बजे ढुंगा सप्तकोशी नदीमा पल्टिएको हो।
डुंगामा कति यात्रु चढेका थिए यकिन छैन, तर १ वर्षे बालकसहित ३७ जनाको उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादर चापागाइँले सेतोपाटीलाई जानकारी दिए।
‘घटना ११ बजेको समयमा भएको हो। हामीलाई एक घन्टापछि खबर आयो लगत्तै तालिमप्राप्त सशस्त्र प्रहरी परिचालन गरेर दुर्घटनामा परेकाको उद्धार थालियो,’ उनले भने,‘ अहिले ५ बजेसम्मको अपडेट अनुसार ३७ जनालाई स-कुशसल उद्धार गरेका छौ, बाकी हराइरहेकाहरूको खोजी भइरहेको छ।’
ढुंगामा कति मान्छे सवार थिए त्यो यकिन नभएको चापागाईले बताए।
‘कति मान्छे चढेका थिए, हामीले प्रहरी, नेपाली सेना र स्थानीय खटाएर श्रीलंका टापु र उदयपुरका केही गाउँमा घरघरमा गएर संख्या यकिन गर्ने काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी चापागाईले भने।
ढुंगा दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी स्थानीयबासी सहित ६ सय जनाको टोलीले उद्धारलाई तिब्रता दिएको उनले बताए।
उद्धार कार्यमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका दुई दुई ओटा डुंगा खटिएका छन्। यस्तै बिहारका सुरक्षा अधिकारीहरूको गोताखोरले पनि बेपत्ताको खोजी भइरहेको छ।
श्रीलंका टापुबाट सोही डुंगामा चढेर आएका अशोक चन्द्रवंशीले आफ्नो उद्धार हुन सके पनि श्रीमती पार्वती वेपत्ता भएको बताए। उनले उक्त डुंगामा कम्तिमा ६० जना रहेको हुन सक्ने बताएका छन्।
अहिले भारतिय प्राविधिकले पनि मोटर बोटको सँचालन गरेर उद्धार कार्य जारी राखेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी चापागाईका अनुसार उदयपुरको प्रहरीले पनि श्रीलँका टापु आएर तथ्यांक संकलन कार्य जारी रोखेको छ। त्यसै गरी सप्तरी प्रहरीले पनि कोशी ब्यारेजमा निगरानी बढाएको छ। अहिले उद्धार कार्य जारी रहेता पनि ठूलो झरि परेका कारण उद्धारमा कठिनाई उत्पन्न भएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले बताए।
अहिले कोशीको पानीको बहाव २ लाख ५८ हजार क्वीसेक नाघिसकेको छ। नदीमा पानीको बहाव बढ्दै जानु र साँझ पर्दै जाँदा पनि उद्धारमा थप कठिनाई उत्पन्न हुन सक्ने प्रमुख जिल्ला अधिकारी चापागाईँले बताए।
‘अहिलेसम्म कोही मृतकको शव भेटिएको छैन,’ चापागाईँले भने,‘ कोशीको छालमा परेर डुंगा पल्टिएको हुनसक्छ।’
चारै तिर कोशीको भंगालोले ढाकेको श्रीलंकाटापुमा करिव २२ सय घर धुरीको बसोवास रहेको छ। पूर्णतया कृषि पेशामा निर्भर रहेको उक्त समुदाय कोशी नदि तर्न ढुँगा बाहेकको विकल्प छैन्।
यही राजवास घाटमा ०६४ सालमा यही समयमा डुंगा पल्टिँदा ३२ जना स्थानीय वेपत्ता भएका थिए। तिनीहरु कसैको लाश पनि भेटिएको थिएन।
त्यसै गरि ०७० साल साउन २१ गते चतरा घाटमा १५ जना वेपत्ता ४ जनाको लाश फेला परे पछि कोशीका डुंगा सञ्चालन गर्दा अनिवार्य लाइफज्याकेट लगाउने निर्णय भएको थियो । तर प्रशासनले कडाइ नगर्दा वर्षेनी ढुंगा दुर्घटना हुने गरेको छ।