मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाएका छन्।
गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएको खबर आजका कारोबारमा छापिएको छ।
संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तुष्टिसमेत बढ्न थालेको देखिएको छ। मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको मोर्चा आवद्ध नेताले बताए।
स्रोतका अनुसार सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र नै नमिलेका कारण संशोधन विधेयक संसदमा दर्ता हुन नसकेको हो।