भन्सार छली भारततर्फ निकासी गर्न लागिएका तीन गाई गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी सम्सी र रघुनाथपुरबाट गए राति सीमा सुरक्षा गस्तीका लागि गएको संयुक्त प्रहरी टोलीले रघुनाथपुर–८ स्थित वनको बाटामा तीन गाई भारततर्फ लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
बरामद गाई आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीमा खुल्ला सीमा नाकाका कारण दैनिक गाईगोरु भारतमा तस्करी हुने गरेको छ । रासस