चिसाङ खोलाले बगाएर लेटाङ भोगटेनी नगरपालिका– २ का ३८ वर्षीय चञ्चलाल मगरको मृत्यु भएको छ।
खोलामा पसेर ढुङ्गा थुपार्ने क्रममा खोलाले बगाउँदा मगरको मृत्यु भएको हो। उनको शव खोलाले बगाएको स्थानबाट २०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए। रासस