गोरखाको मनास्लुमा बिहिबार बिहान खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर एक विदेशी र तीन नेपालीको मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए। भट्टका अनुसार मृत्यु हुनेमा एक स्पेनिश नागरिक रहेका छन् भने बाँकी नेपाली रहेका छन्।
'पहिरो खस्न नरोकिएकाले शव निकाल्न सकिएको छैन,' भट्टले भने 'घाइते भएका छ जनालाई थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।' पहिरोमा परी काठमाडौंका दोर्जे लामा र छिरी शेर्पा, ओखलढुंगाकी रञ्जना बस्नेत ज्यान गएको छ भने स्पेनिश नागरिकको भने सनाखत हुन सकेको छैन।
बुधबार रातिदेखिको पानीका कारण उहिया–केरौंजा–९ दोभाननजिकको झोलुङ्गे पुल पारी पहिरो गएको हो।