सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड अन्तर्गत मस्याम ४ चर्चरेमा शुक्रबार राति निजी स्कार्पियो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १ जना गम्भीर घाईते भएका छन् ।
मृत्यु हुनेमा गुल्मी तम्घासका ५५ बर्षिय राम प्रसाद पन्थ र ४७ वर्षीय कृष्ण प्रसाद भण्डारी रहेका छन्। मृतक भण्डारी प्राध्यापक हुन् भने पन्त निर्माण व्यवसायी ।
गुल्मीको तम्घासबाट बुटवल तर्फ आउँदै गरेको बा १४ च ९३६४ नं. को उक्त जिपका चालक देवीराम पन्थी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ। उनको लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।
चालक पन्थी जिल्ला विकास समिती गुल्मीका अवकाश प्राप्त चालक हुन्। जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।