विश्वमा थुप्रै अनौठा र अचम्म लाग्दा पुल छन् र हामीले धेरैका बारे सुनेका हुनसक्छौँ। तर पुलमै नदी बग्ने अचम्म लाग्दो पुलबारे धेरेलाई थाहा नहुनसक्छ।
जर्मनीको म्यागडेन शहरको एक नदीमा भएको पुलमै नदी बग्छ। यही नदीमा साना ठूला पानीजहाज पनि बग्छन्। पुलमाथिको यो नदी शहरबाहिरको एल्बे नदीमा गएर मिसिन्छ। यसलाई म्यागडेन वाटर ब्रिजको नामले चिनिन्छ। यो करिब १ किलोमिटर लामो छ।
यो पुल बनाउन सन् १९०५ मै सुरु गरिएपनि दोस्रो विश्वयुद्धका कारण ढिला भएको बताइएको छ। सन् १९९८ मा पुनः काम सुरु गरेर करिब ६ वर्ष लगाएर यो पुल बनाइएको थियो।





