आफ्ना माग पूरा नभएको भन्दै डा. गोविन्द केसीले सोमबारदेखि पुनः नवौँ आमरण अनशन सुरु गरेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलन गरी उनले सरकारले यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नु परेको बताए।
यसअघि यही असोज ३ गते नै अनशनको घोषणा गरेका उनले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक साता सरकारलाई समय दिई अनशन स्थगन गरेका थिए। पटक-पटक गरी उनले हालसम्म ९ पटक अनसन बसिसकेका छन्। हेरौ डा.केसीका अहिलेसम्मका अनसनहरू-