प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई एक्लै हिड्न खोजेको आरोप लगाएका छन्।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले नेपाल-भारत सम्बन्ध कहाँ र के सप्रियो भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन्।
प्रधानमन्त्रीले हालै गरेको भारत भ्रमणमा सम्बन्ध सुधार आएको भने पनि आफूले त्यस्तो केही नभेटेको बताए। उनले भने, ‘मैले खोजेँ के-के सप्रिएछ। तर, केही देखिएन।’
प्रधानमन्त्रीले भारत भ्रमणपछि संसदलाई जानकारी नगराएको भन्दै ओलीले भने ‘यदि बाहिर हल्ला गरेजस्तै नेपाल-भारत सम्वन्ध सप्रिएको भए के सप्रियो? यो-यो सप्रियो भनेर सदनलाई जानकारी दिनुपर्छ।’
एमाले अध्यक्ष ओलीले व्यंग्य गर्दै सम्वन्ध सुधार भएको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यमा सम्झिएको बताए। संयुक्त वक्तव्यको १० नम्बर बुँदामा संविधानको विषय उल्लेख भएको भन्दै उनले भने, ‘यो नेपालको आन्तरिक विषय हो । तर, साझा विषय जसरी उल्लेख भएको छ । र, बाहृय चासो र भूमिका आमन्त्रण गरिएको छ ।
नेपाल-भारतबीच भएका सम्झौता आपत्तिजनक रहेको भन्दै उनले सप्रिएको भनेको यही सम्झौता हो भनि ब्यङ्ग्य गरे।
उनले प्रधानमन्त्री भारत भ्रमणमा जाँदा प्रतिपक्षीको धज्जी उडाएको भन्दै आपत्ति जनाएका छन्।