मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले भारतमा प्रधानमन्त्री पुष्पकमल दाहालले कैलाली घटनाका फरार अभियुक्त रेशम चौधरीसँग थारू अधिकारकर्मीलाई भेट्ने क्रममा भएको बताएका छन्।
डिनरमा थारु अधिकारका लागि जम्मा भएका थारु अधिकारकर्मीहरु प्रधानमन्त्रीसँग भेटेको भन्दै राजकीय भ्रमणमा जाँदा को को फरार व्यक्तिहरु हुन भनि लिष्ट लिएर जानुपर्ने भनि प्रश्न गरेका थिए।
उनले ओलीलाई अरुको विषयमा आलोचना गर्ने गरे पनि आफैं कतिपय अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिसँगको भेटघाट गरेको आरोप लगाए। ‘अब यस्ता विषयमा विवादको विषय नबनाउन माग गर्छु। यस विषयमा ओलीलाई के को आपत्ति?,’ उनले भने।