सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिएका हुन्।
नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपाली प्रस्तावक र नेकपा एमालेका काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिएका उनी बिहीबार निर्विरोध सभापति पदमा चयन भएका हुन्।
नेपाली काँग्रेसका तर्फबाट सिन्धुली क्षेत्र नं २ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका सभापति बराल यसअघि अर्थसमितिको सदस्य थिए।
यसअघि उक्त समितिको सभापतिको जिम्मेवारी गगनकुमार थापाले वर्तमान मन्त्रीपरिषदमा स्वास्थ्य मन्त्रीभएसगै सभापति पद रिक्त भएको थियो। नव निर्वाचित सभापति बरालले आजै सिंहदरबारस्थित समितिको सचिवालयमा आफनो पदभार सम्हालेका छन्।रासस