स्विडेनका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिकले सातवटा भिन्न क्लबबाट खेल्दै युरोपेली प्रतियोगितामा गोल गर्ने अनौठौं कीर्तिमान बनाएका छन्।
युरोपा लिगअन्तर्गत बिहिबार रातीको खेलमा एफसी जोरियालाई १–० ले पराजित गर्ने क्रममा उनले नयाँ कीर्तिमान बनाएका हुन्।
स्विडेनका ३४ वर्षीय स्ट्राइकर यसै वर्ष म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका थिए। उनी आड्रियान मुटु र जोन कारेउपछि युरोपेली प्रतियोगितामा ७ भिन्न क्लबबाट खेल्दै गोल गर्ने तेस्रो खेलाडी बनेका हुन्।
इब्राहिमोभिकको क्लब फुटबलमा ४ सय गोल पनि प्ुरा गरेका छन्। १५ वर्षअघि सन् २००१ मा हल्यान्डको एजेक्स क्लबबाट व्यवसायिक फुटबल सुरु गरेका ६ फिट ४ इन्च अग्ला यी स्ट्राइकर युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पेरिस सेन्ट जर्मनी हुँदै म्यानचेस्टर पुगेका थिए।