नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा धर्मनिरपेक्षतालाई स्वीकार गरिए पनि नेपाल हिन्दुराज्य भएको बताएका छन्।
एक धार्मिक संस्थाको स्मारिका विमोचन कार्यक्रममा शुक्रबार डेढ घण्टा बिताएका काँग्रेस सभापति देउवाले संविधानमा जे भएपनि नेपाल हिन्दुराज्य भएको बताए।
उनले आफू हिन्दु भएको र मुलुकका बहुसंख्यक जनताले पनि हिन्दु धर्ममा नै आस्था राख्ने भन्दै संविधानमा के छ भन्ने कुरा ठूलो नभएको बताए।
२०६२/०६३ सालको जनआन्दोलनपछि पुनःस्थापित भएको प्रतिनिधिसभाले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकामा संविधानले पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ।