नेपाल ब्यायाम मन्दिरका अर्जुन बर्णवाल चौधौं धर्मश्री बन्न सफल भएका छन्। ८० केजीमाथी तौल समुहका अर्जुनले एशियाली च्याम्पियनसिपका विजेता महेश्वर महर्जनलाई उछिन्दै उपाधि जित्न सफल भएका हुन्।
अर्जुनले नगद ५ लाख प्राप्त गरे। महेश्वरले २ लाख र तेश्रो भएका ग्रीनविस फिटनेश झापाका उमेश राईले १ लाख प्राप्त गरे।
नेपाल ब्यायाम मन्दिरका रामहरी खनाल चौथो (७० केजी), रामबहादुर दाहाल पाँचौ (६५ केजी), संजीव कुमार श्रेष्ठ छैटौं (६० केजी) र रत्नश्री पोखराका कमल भन्डारी सातौ (५५ केजी) स्थानमा रहे। उनीहरु क्रमशः ८०, ७५, ६० र ५० हजार नगदबाट सम्मानित भए।