प्रधानमन्त्री पुष्पकमल दाहाल कैलालीस्थित एक कार्यक्रममा सहभागी हुन पुगेलगत्तै भारतीय पक्षले बन्द गरेका कैलालीका तीन वटै नाका खोलेको छ।
प्रधानमन्त्री दाहाल केही समयअघि रानीजमरा सिँचाइ आयोजना निरीक्षणका क्रममा कैलाली पुगेपछि बन्द नाका खुलेका हुन्। यद्यपि, भारतीय पक्षले भने ‘बिहान बन्द गर्न निर्देशन आएको, अहिले खोल्न निर्देशन आएको’ बताएको छ।
प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टरबाट कैलाली पुगेका हुन्। भारत पाकिस्तानबीच आन्तरिक द्वन्द्व चलिरहेका बेला भारतीय पक्षले शनिबार कैलाली जिल्लाका तीन वटा सिमा नाका बन्द गराएको थियो। भारतीय सीमा सुरक्षा बल एसएसबीले टीकापुरको खकरौला, भजनीको गुलरिया घाट र मरियाघाट नाका बन्द गरेको थियो
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक गौतम मिश्रका अनुसार एसएसबीले शनिबारदेखि ती नाका १८ गतेसम्म नाका बन्द रहने जानकारी दिएको थियो।