सेभिल्लाले बार्सिलोनालाई स्पेनिस ला लिगामा उछिनेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा अलाभेसलाई २–१ ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।
सेभिल्लाको जितमा बेन यडरले खेलको ७४ औं मिनेटमा पहिलो गोल गरे। त्यसको १० मिनेटपछि अलाभेसका लागि भिक्टर लगार्डियाले बराबरी गोल फर्काए । तर अन्तिम समयमा यडरले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई २–१ को जित दिलाए ।
बार्सिलोनालाई पछि पारेको सेभिल्लाले शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ। दोस्रो स्थानको सेभिल्लाको सात खेलबाट १४ अंक भएको छ। एक खेल कम खेलेका रियल र बार्सिलोनाको क्रमशः १४ र १३ अंक छ।