मकवानपुरको हाँडीखोला २ मकरीमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्।
ग्रामिण क्षेत्र मकरीबाट हेटौंडा आउँदै गरेको ना ४ख ४३०७ नम्बरको बस मकरीमा सडकको भित्तामा ठोक्किएर पल्टिएको एसपी मिरा चौधरीले जानकारी दिइन्। बस दुर्घटनामा परी मकरी २ का चार वर्षिय प्रनिश लामा र २० सूर्यबहादुर लामाको ज्यान गएको छ। मृत्यु भएका थप एक जनाको सनाखत हुन सकेको छैन।
घाइतेहरुको चुरेहिल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। बसमा क्षमताभन्दा बढी यात्रु भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।