संस्कृतिको नाममा महिला चेस खेलाडीलाई हिजाब लगाउने उर्दी जारी गरेपछि इरानमा अघिल्लो वर्ष आयोजना हुन लागेको चेस ओलम्पियाड विवादमा परेको छ।
अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) ले सेप्टेम्बर १३ मा अजरबैजानको राजधानी बाकुमा आयोजना भएको ४२ औं ओलम्पियाडको समापनपछि अघिल्लो च्याम्पियनसीप इरानमा हुने घोषणा गरेको थियो।
प्रतियोगिता आउँदो फेब्रुअरीमा तेहरानमा हुँदैछ। तर, इरानी चेस संघले संस्कृतिको नाममा विदेशी महिला खेलाडीले पनि चेस खेल्दा कपाल छोपेर (हिजाब) खेल्नु पर्ने उर्दी लगाएपछि अन्य देशले यसको विरोध गरिरहेका छन्।
अमेरिकी विजेता नाजी पिकिड्जेले यसलाई नारी स्वतन्त्रताको बर्खिलाप भनेकी छिन्। उनले इरानी महिला नै यो संस्कृति परिस्कृत गर्नु पर्ने मागमा रहेको बेला आयोजकले विदेशी खेलाडीलाई लाद्न लागेको आरोप लगाइन्। ‘यो नियम लागु गर्न लागिएको हो भने मैले आफ्नो खेल जीवनको एउटा महत्वपूर्ण प्रतियोगिता गुमाउने छु,’ फिकिड्जेले स्पष्ट शब्दमा भनेकी छिन्।