सरकारले तोकेको भाडामा यात्रु लैजान नसकिने भन्दै बल्खुबाट चल्ने सुमोले सवारी नचलाउने भएका छन्।
हप्तौ अघिदेखि टिकट काटेर घर जान हिँडेका सयौ सर्वसाधारण अलपत्र परेका छन्।
व्यवसायीहरूले कि त सवारी भाडा बढाउनुपर्यो कि त तेल हाल्दिनु पर्यो भन्दै सवारी नचलाउने बताएका हुन्।
एकतर्फी खाली आउनुपर्ने बाध्यता भएकाले यताबाट मात्र यात्रु लिएर जाँदा घाटा हुने भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्।
‘सरकारले तेल हालिदिए मात्र हामी गाडी चलाउँछौ,’ बल्खुस्थित एक सुमो व्यवसायीले भने,‘यताबाट जादा मात्र हो उताबाट खाली आउनुपर्छ। कि भाडा बढाउनु पर्यो कि सरकारले तेल हाल्दिनुपर्यो नभए चलाउन सक्दैनौ।’
गाडी नचलेपछि दसैंको मुखमा घर हिँडेका यात्रु विचल्लीमा परेका छन्।
‘अधिकांश सुमो तराईबाट फर्किएका छैनन्। भएकाले लाँदैनन्, एक यात्रुले भने, ‘अब यीनीहरूको दादा गिरी कति सहने?’.JPG?1475468678481)
.JPG?1475468689056)
.JPG?1475468698507)
.JPG?1475468706085)
.JPG?1475468721600)
.JPG?1475468737204)
.JPG?1475468758068)
.JPG?1475468778374)
.JPG?1475468785354)
.JPG?1475468794025)