तनहुँको व्यास नगरपालिका–३ पुरनडिही मकुन्डेस्थित बुल्दी खोलामा आइतबार राति माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।
मृतकको सनाखत हुन सकेको छैन। साथीसँग माछा मार्न गएका बेला करेन्ट लागेर अन्दाजी २७÷२८ वर्षीय ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक ती युवक गण्डकी नेपाल गाई फार्ममा काम गर्दै आएका थिए। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस