विश्वमै सुरक्षित एयरलाइन्स कुन होला? हामीले यसै अनुमानका आधारमा भन्न सकिदैंन। यसको समाधान गरिदिएको छ एयरलाइन रेटिङ डट कमले। एयरलाइन रेटिङले विश्वकै सुरक्षित एयरलाइन्सको विधामा अवार्ड दिदैँ सूची पनि जारी गरेको छ।
यस वर्ष यसको विजेता बनेको छ कान्टास एयरलाइन्स। एभिएसन विश्लेषकहरुले विश्वका २० अग्रणी एयरलाइन्स कम्पनीका उडानका रेकर्डका आधारमा यो सूची तयार गरेको हुन्।
त्यस्तै एभिएसन सेफ्टी डट नेटले विश्वका करिब ५० एयरलाइन्स कम्पनीलाई सुरक्षाका हिसावमा तीन वा कम स्टार दिएको छ। यसमा नेपाल, इन्डोनेसिया वा सुरिनामका सबै एयरलाइन्स कम्पनीले एक वा शुन्य स्टार मात्र पाएका छन्।
विश्वकै सुरक्षित १० एयरलाइन्स सूचीक्रम यस्तो छः
१. कान्टास एयरलाइन्स, अस्ट्रेलिया

२. अमेरिकन एयरलाइन्स

३. केएलएम, नेदरल्याण्ड्स

४. सिंगापुर एयरलाइन्स

५. एयर न्यूजिल्याण्ड

६. इभा एयर, ताइवान

७. भर्जिन अस्ट्रेलिया

८. यूनाइटेड एयरलाइन्स, अमेरिका

९. इमिरेट्स, दुबइ

१०. लुफ्टहान्सा, जर्मनी
