इथोपियामा सरकार विरोधी प्रदर्शनमा ५२ स्थानीयको निधन भएको छ। इथोपियाको ओरोमिया क्षेत्रमा गत आइतबार भएको एउटा धार्मिक सभामा सरकार विरोधी नारा लागेपछि प्रहरीले अश्रृग्यास र रबरको गोली प्रहार गरेको थियो। जसकारण भागदौड मच्चिँदा एकअर्कामा खप्टिएर ५२ जनाको निधन भएको स्थानीय समाचार एजेन्सीले जनाएका छन्।
सरकारले पनि यसको पुष्टि गरेको छ। प्रत्यक्षदर्शीका अनुसार उक्त सभामा भाग लिन करिब २० लाख व्यक्ति जम्मा भएका थिए। सरकार विरोधी भीड धार्मिक नेताहरूले भाषण गरेको स्थानतर्फ अगाडि बढेपछि यसलाई रोक्न प्रहरीले अश्रृग्यास र रबरको गोली प्रहार गरेको थियो।