के तपाईले भारतीय क्रिकेट कप्तान विराट कोहलीले कुचोले भूइँ सफा गर्दै गरेको कहिल्यै देख्नु भएको छ? छैन भने, तपाईंका लागि आइतबार कोलकाताको इडेन गार्डेन रंगशालाको दृष्य कल्पनाबाहिरको हुन सक्छ।
किनभने भारतमा क्रिकेट खेलेर सबैभन्दा बढी पैसा कमाउने विराट कोहली आइतबार इडेन गार्डेनमा कुचो लगाउँदै गरेको फेला परे। उनी भारतका राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीको उपलक्ष्यमा सरकारले आयोजना गरेको स्वच्छ भारत अभियानमा सहभागी बन्न आइतबार इडन गार्डेनको खेलाडी बस्ने स्ट्यान्डमा पुगेका थिए। जहाँ उनले भारतीय क्रिकेट बोर्डका अध्यक्ष अनुराग ठाकुरसँगै स्ट्यान्ड सफा गरेका थिए।
यो अभियानमा विराटलाई भारतीय टोलीका अन्य खेलाडीले पनि सहयोग गरेका थिए। प्रशिक्षक अनिल कुम्बले पनि अभियानमा सहभागी थिए।