झापाको एपिएफ क्लब मोरङको बयरबन –८ रमाईलोमा जारी स्व. डम्बरसिंह गुरुङ सम्ति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिता अन्तर्गत सोमबार इटहरीको जनजागृति क्लबलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
सोमबार जनसेवा उच्च माविको खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो।
ट्राईबेकरमा राष्ट्रिय जागृति क्लब इटहरीलाई २–३ गोलले पाखा लगाउँदै एपिएफ सेमिफाईनलमा प्रवेश गरेको हो।
खेलको म्यान अफ द म्याच एपिएफका अशोक जबेगु भए।
केही समय खेल वर्षाले प्रभावित भएको थियो।
अब एपिएफले आगामी बुधबार हुने सेमिफाईनलमा सुनसरीको तरहरा स्पोर्टिङ क्लवसँग फाइनल प्रवेशका लागि खेल्नेछ।
प्रतियोगिताको विजयी टिमले नगद ५१ हजार, ट्रफि, मेडल प्रमाण पत्र र दोस्रो हुनेले ३१ हजार ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन्।
प्रतियोगिता युथ फर सोसाईटीद्धारा आयोजित तथा पर्ल एकेडेमीको प्रायोजकमा असोज १५ देखि सुरु भएको हो।
मंगलबारको खेलमा पथरी स्पोर्टिङ क्लवले बेलबारीको सामान गर्ने प्रतियोगिताका सह–संयोजक केदार निरौलाले जानकारी दिए।