सिरियाको उत्तरीक्षेत्रमा वैवाहिक पार्टी सोमबार चलिरहँदा आत्मघाती बम विस्फोटमा गराइएको छ। उक्त विस्फोटमा कम्तीमा २२ जना मारिएक छन्।
हसाका सहरनजिक एक वैवाहिक पार्टीमा आत्मघाती बम विस्फोट गराइएको सिरियामा काम गरिरहेको अमेरिकी मानवअधिकारवादी संस्थाले जनाएको छ।
‘पार्टी चलिरहँदा भएको आत्मघाती बम विस्फोटमा बेहुलासहित २२ जना मारिएका हुन्,’ मानवअधिकारवादी अब्दुल्लरहमानले भने।
ताल ताविलमा आयोजना गरिएको उक्त पार्टीमा हलको एकापट्टिबाट आक्रमण गरिएको थियो। उक्त आत्मघाती आक्रमणको जिम्मा इराक र सिरियामा सक्रिय आइएसआइएसले लिएको छ। आइएसआइएसले ट्वीटरमार्फत घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।