न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ।
हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पुनः ‘ए’ डिभिजनमा बढुवा भएको हो।
अन्तिम खेलमा बराबरी भए पनि बढुवा हुने अवस्थामा रहेको एनआरटीले अन्ततः स्पष्ट जित निकाल्यो। जम्मा १३ खेल खेलेको एनआरटीले २८ अङ्क जोड्यो। एनआरटीका लागि दुवै गोल विश्वजित गुरुङले गरे। यसअघि आफ्नो एक खेल अगावै च्यासल युवा क्लब ‘ए’ डिभिजनमा बढुवा भएको थियो। रासस