बडा दसैंको पाँचौ दिन राजधानीका विभिन्न शक्ति पीठमा भक्तजनको घुईँचो लागेको छ।
काठमाडौंको भद्रकाली, महांकाल, नक्साल भगवती, गुह्श्वरी लगायत शक्ति पीठमा भक्तजनको बिहानैदेखि घुईँचो लागेको छ। हिन्दु धर्मवलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रीशक्ति देवीहरू महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गर्ने गरिन्छ।
घटस्थापना देखि नौ दिनसम्म विभिन्न नवदुर्गाको पूजा गरी दशौं दिन प्रसाद स्वरुप टीका ग्रहण गर्ने चलन भएपनि यसपटक भने द्धितीया तीथि दुई दिन सम्म परेकाले एघारौ दिनको दिन टीका परेको छ।
नवरात्रीभरी महादेवी महासरस्वती र महालक्ष्मीको पूजा गर्दा शक्ति र ऐश्वर्या प्राप्ती हुन्छ भन्ने विश्वास छ। यही विश्वासका साथ भक्तजनहरू नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजा आजाका लागि पुग्ने गर्दछन्।