काठमाडौं बालाजु बाईपासमा प्लाष्टिक हयाण्ड ग्रिनेट बम फेला परेको छ।बिहीबार सांझ पर्ने बेलामा बालाजु बाईपासबाट नेपालटार जाने बाटो सो बम फेला परेको हो बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ। केही समय अघि राजधानीका केही स्कुलमा फेला परेको बम नै लुकाएर राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
घना वस्ती र दशैको चहलपहल बढीरहेका बेला सांझपख बम भेटिएपछि वरपरको स्थिति केही बेर तनावपुर्ण बनेको थियो। बाईपासबाट नेपाल टार जाने वाटो र सहायक बाटोमा निकै समय यातायात सेवा पनि अवरुद्ध बनेको थियो। बम फेला परेको खबर संगै स्थानीयबासी पनि त्रसित बनेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्कृय पारेपछि अहिले भने सो स्थानको यातायात सुचारु भएको छ।