सडक विभागका महानिर्देशक माधव कार्कीले नेपाली सेनाका कारण सडक विभागले आफ्नो क्षमता भए पनि काम गर्न नसकेको आरोप लगाएका छन्।
मंगलबार व्यस्थापिका संसद अन्तर्गको विकास समितिको बैठकमा महानिर्देशक कार्कीले नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध नगराएकाले क्षमता भए पनि विभागले काम गर्न नसकेको स्पष्ट पारे। उनले विभागले विगतमा जस्तै गुणस्तरीय सडक निर्माण गर्न सक्ने क्षमता राखे पनि बिस्फोटक पदार्थ सेनाले उपलब्ध नगराएकाले सबैजसो सडक निर्माणका लागि सेनाले पाउने गरेको गुनासो गरे।
कार्कीले विभागको बाध्यता नबुझी सांसदहरूले नै सेनालाई सडक निर्माण गर्न दिने गरेको आरोप लगाए।
महानिर्देशक कार्कीले विभागलाई अलमल पारेकाले विभागले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गरे। उनले काठमाडौं उपत्यकामा रहेका २५ प्रतिशत सडक मात्र विभागअन्र्तगत रहेकाले अन्य निकायले प्रभावकारी काम नगर्दा सडकको अवस्थामा सुधार नआएको बताए। उनले नगरपालिका, सहरी विकस मन्त्रालय, धोविखोला करिडोर आयोजना र उच्चस्तरीय बागमती सभ्यता एकीकृत आयोजनालगायतका निकायले आफ्नो जिम्मेवारी पूरा नगर्दा काठमाडौं उपत्यकाको सडकको अवस्था सुधार हुन नसकेको बताएर
महानिर्देशक कार्कीले विभागले निर्माण गरेका सडकको अवस्था राम्रो र गुणस्तरीय भएको दावीसमेत गरे। उनले काठमाडौं आसपासका खानी बन्द भएकाले सडक विस्तारको काम रोकिएको बताए।