अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई फोन गरेर बधाई दिएका छन्। ह्वाइट हाउसले बुधबार विज्ञप्ति निकाल्दै अमेरिकी राष्ट्रपतिमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिएका हुन्।
ओबामाले बुधबार नै ह्वाइटहाउसमा निर्वाचन परिणाम र अबको कदमबारे छलफल गर्ने ह्वाइटहाउसले जनाएको छ।