मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटी मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसालगायत विषयमा समाजले सञ्चालन गरिरहेको अभियानका बारेमा अवगत गराएको छ ।
सो अवसरमा समाजले सञ्चालन गरिरहेको हिमालय बचाउ आन्दोलन, राहत अभियान, लागुपदार्थ विरुद्धको अभियानलगायत विषयमा उपराष्ट्रपति पुनलाई अवगत गराएको थियो । उपराष्ट्रपति पुनले समाजको ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिँदै प्रस्तुत विषयलाई कार्यान्वयन लान सरकारको ध्यानाकर्षण गराउने वचन दिएका थिए ।
यसैगरी समाजको प्रतिनिधिमण्डलले आजै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीलाई समेत भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । रासस