बेलायतका एण्डी मुर्रेले एटिपी वर्ल्ड टुर फाइनल्सको उपाधि जित्दै विश्व बरियतामा शीर्ष स्थानमा कायम राखेका छन्। लण्डनमा गए राति भएको फाइनलमा चारपटक उपाधि जितेका सर्बियाका नोभाक जोकोविचलाई ६–३ र ६–४ को सेटमा हराएर मुर्रेले पहिलो पटक एटिपी वल्र्ड टुरको उपाधि जितेका हुन्।
जोकोविचलाई विश्व बरियतामा शीर्ष स्थानमा उक्लिन मुर्रेमाथि जितको खाँचो थियो । तर मुर्रेले आफ्नो विजयी यात्रा कायम राख्दै वर्ष २०१६ शीर्ष स्थानमा रहेर टुंग्याएका छन्।
अपराजित रहेका मुर्रे सबै प्रतियोगितामा गरी पछिल्ला २४ खेलमा विजयी भएका छन्।