प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।
त्यसैगरी उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेबाट बरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन लगायत नेताहरु पनि सहभागी छन्। बैठकमा सत्तारुढ दलले संविधान संशोधनमा सहमति जनाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्ने बताईएको छ।