जलजला बहुमुखी क्याम्पसमा गरिएको शुल्क वृद्धिविरुद्ध विद्यार्थीले क्याम्पस प्रशासन समक्ष आज चर्को शुल्क वृद्धि फिर्ता हुनुपर्ने माग गरेका छन्।
स्नातक तहमा अध्यनरत विद्यार्थीले बुझाएको पाँचबुँदे ज्ञापनपत्रमा यथेष्ट पुस्तकसहितको पुस्तकालय व्यवस्था हुनुपर्ने, निर्माण व्यवसायीबाट क्याम्पस भवन हस्तान्तरण हुनुपर्ने लगायत माग रहेको विद्यार्थी विनोद डाँगीले बताए।
क्याम्पसले विद्यार्थीको भर्ना शुल्क तीन हजार छ सय रुपैयााबाट सात हजार, प्रमाणपत्र शुल्क दुई हजार रुपैयाँबाट चार हजार र मासिक शुल्क पाँच सयबाट सात सय पु¥याएको छ।
ग्रामीण भेगबाट अध्ययन गर्न आउने विद्यार्थीलाई यसले ठूलो असर गर्ने नेपाल विद्यार्थी सङ्घ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले बताए।
क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले आयस्रोत निकै कम भएकाले क्याम्पस सञ्चालक समितिले शुल्क वृद्धि गरेको हुँदा विद्यार्थीको मागबारे अविलम्ब समितिको बैठकबाट पुनर्विचार गरिने जानकारी दिए। रासस