माइक्रो बस दुर्घटनामा परी घाइते भएर सिनामंगलस्थित केएमसी अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थाबारे उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बुधबार साँझ जानकारी लिएका छन्।
७६ वर्षीय नेता केसीको टाउकोको पछाडि सामान्य चोट लागेको छ। भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन अस्पतालका डाक्टरहरुसँग आग्रह गरे। डाक्टरहरुले एक दुई दिनमै केसीलाई डिस्चार्ज गरिने बताएका छन्।
बिहान पार्टीको बैठकमा सहभागी हुन माइक्रोबस चढेर गौशालाबाट चाबहिलतर्फ जाँदै गरेको अवस्थामा उनी दुर्घटनामा परेका थिए।