राप्रपाका अध्यक्ष कमल थापाले निजगढ-काठमाडौं द्रुत मार्ग र निजगढ विमानस्थल निर्माण तत्काल शुरू हुनुपर्ने बताएका छन्। यो द्रुत मार्ग र विमानस्थल मुलुकको आर्थिक रुपान्तरणको मेरुदण्ड भएको चर्चा गर्दै नेपाल सरकारले आफ्नै साधन स्रोतमा यो काम सम्पन्न गर्नुपर्ने बताए। यसका लागि तदारुकताको अभाव भएकोले दबाव आवश्यक भएको पनि थापाले औल्याए।
द्रुत मार्ग र विमानस्थल निर्माणमा आफ्नो र आफ्नो पार्टीको पूर्ण समर्थन र ऐक्यबद्धता भएको बताउँदै थापाले प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको योजना तत्काल शूरु गरी चाडो भन्दा चाडो सम्पन्न गर्नु पर्ने बताए।
निजगढ–काठमाडौं द्रुत मार्ग र निजगढ विमानस्थल निर्माण संर्घष समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै थापाले सरकार र संसदमा सशक्त आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे।
१७ गते निजगढ बाट पैदल हिडेको ६१ सदस्य प्रतिनिधि मण्डल २० गते काठमाडौं आईपुगेको हो । संघर्ष समितिका अध्यक्ष रविराज दंगालले ज्ञापन पत्र बुझाएका थिए।