स्पेनको घरेलु फुटबल लिग ‘ला लिगा’ मा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेका रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले च्याम्पियन्स लिगमा भने ५० गोलको नयाँ कीर्तिमान बनाएका छन्।
उनले बुधबार राति बोरुसिया डर्टमुन्डसँग समूह चरणको अन्तिम खेल खेल्ने क्रममा दुई गोल गरे।
यही गोलका कारण उनले अर्जेन्टिनाका पूर्वस्ट्राइकर तथा म्याड्रिडका महान खेलाडी अल्फ्रेडो डि स्टेफानोको च्याम्पियन्स लिगमा ४९ गोलको कीर्तिमानलाई उछिनेका छन्।
उनले फ्रेन्च क्लब लेयोनबाट व्यावसायिक फुटबल खेल्ने क्रममा १६ गोल गरेका थिए। सन् २००९ मा म्याड्रिडमा अनुबन्धित भएपछि यो उनको ३४ गोल थियो। उनी च्याम्पियन्स लिगमा ५० गोल पुरा गर्ने छैटौ खेलाडी हुन्। उनले आफ्नै देशका पूर्व स्टार थियरी हेनरीको ५० गोलको कीर्तिमानलाई पनि बराबरी गरेका हुन्।
उनीभन्दा अगाडि सर्वाधिक गोल गर्ने खेलाडीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, स्पेनका राहुल र नेदरल्यान्ड्सका रुडभान निस्टेलरोए छन्।