पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट फुटबल खेलाडी छनोट भएका छन्। फुटबलका लागि पुरुष तथा महिला २०-२० जना खेलाडी छनोट भएका हुन्। पुरूष फुटबलका लागि राष्ट्रिय टिमका कप्तान अनिल गुरुङसहित बिमल घर्तिमगर, मानबहादुर तामाङ छन्।
त्यसैगरी कास्कीबाट दीप कार्की, रवि थापा, विमल बस्याल, आशिष केसी, शुसिल केसी, शिव सुबेदी र बिमल राना छनोटमा परेका छन्।
यस्तै स्याङजाबाट राजाबाबु थापा, सरोज योन्जन, सुभाष गुरुङ, लक्ष्मण रुचाल, विश्ववास श्रेष्ठ रहेका छन् भने रुपन्देहीबाट आशिष गुरुङ, डोना थापा, अशोक थापा रहेका छन् ।
तनँहुबाट आशा गुरुङ र विश्व अधिकारी छनोट भएको छनोट समितिका संयोजक कृष्ण थापाले जानकारी दिए।
छनोट समितिमा थापा सहित उपेन्द्रमान सिंह, बालगोपाल मर्हजन र शम्भु केसी सदस्य रहेका थिए। छनोट प्रतियोगिताको फाइनलमा कास्कीले स्याङजालाई १-० ले हराउँदै स्वर्णपदक जितेको छ। भने तनँहुले रुपन्देहीलाई हराउदै तेस्रो स्थान पक्का गरेको थियो । छनोट भएका खेलाडीलाई मंसिर २९ गतेदेखि बन्द प्रशिक्षणमा राखिने थापाले बताए ।
महिला तर्फ नवलपरासीकी शुभेच्छा थापा, विमला विक, बेलमाया थापा, संगिता पुन, हिरा राणा, उदय थापा, सुनिता विक छनोट भएका छन्। त्यसै गरि कास्कीकी स्मृति गुरुङ, सोनु नेपाली, रुपन्देहिकी चेतमाया जिसि, इन्द्रा सेन, पुष्पा थापा क र पुष्पा थापा ख, सोनिया भट्टराई, स्याङजाबाट सोरस्मा थापा, रिया बानु, रेणुका हमाल, सारदा नेपाली, शोभा पगेनी, अस्मिता राणा छनोट भएका छन् । महिलाहरुको मंसिर २७ देखि बन्द प्रशिक्षण सुरु हुने थापाले बताए ।
पश्चिमाञ्चलाका विभिन्न जिल्लामा विभिन्न खेलको छनोट सञ्चालन भईरहेको छ। मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १४ खेलमा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन्। प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।