पाकिस्तानका नवनियुक्त सेना प्रमुख जनरल कमर जावेद वाजवाले देशको इन्टेलिजेन्ट एजेन्सी ( आइएसआई) प्रमुखबाट लेफ्टिनेन्ट जनरल रिजवानलाई हटाएका छन्। वाजवाले आफू सेना प्रमुख नियुक्त भएको दुई साताको अवधिमा ठूलो परिवर्तन गर्दै पाकिस्तानको दोस्रो प्रभावशाली मानिने आइएसआई प्रमुखमा लेफ्टिनेन्ट जनरल नावेद मुखतारलाई नियुक्त गरेका छन्।
इन्टर–सर्विसेस पब्लिक रिलेसन्स (आइएसपीआर) द्धारा जारी गरिएको विज्ञप्तीमा आइएसआई प्रमुखबाट हटाइएका रिजवानलाई नेशनल डिफेन्स युनिभर्सिटीको अध्यक्ष नियुक्त गरिएको बताइएको छ। नवनियुक्त आइएसआई प्रमुख नावेद पहिले कराचीको कोर कमाण्डर थिए।