राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेस्डो नेपाल)ले नेस्डोमा आबद्ध म्याग्दी र पर्वत जिल्लाका दुई हजार ७६१ विपन्न परिवारका महिलाका लागि ६ करोड ३२ लाख ६७ हजार रुपैयाँ लगानी गरेको जनाएको छ।
सो संस्थाको सोह्रौँ लघुवित्त अभियान एवम् शाखास्तरीय समीक्षा गोष्ठीमा नेस्डो नेपालका शाखा प्रबन्धक रामचन्द्र गौतमले दुबै जिल्लाका ११ गाविसका सो संख्याका महिला संस्थामा आबद्ध रहेको जानकारी दिएका हुन्।
ती महिलालाई आयआर्जनमूलक काममा संस्थाले लगानी गरेको उल्लेख गर्दै उनले यो संस्थामा देशैभरिका ७६ हजार महिला आबद्ध रहेका बताए। संस्थामा आबद्ध म्याग्दी र पर्वतका महिलाको चार करोड १८ लाख ८१ हजार रुपैयाँ बचत रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो।
सांसद रेशमबहादुर बानियाँले लघुवित्तले महिलाको आर्थिक अवस्थामा सुधारसँगै गरिबी न्यूनीकरणमा टेवा पु¥याएकाले अब महिलालाई सशक्तीकरण गराइ राजनीतिक सहभागिता गराउनुपर्नेमा जोड दिए। नेस्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंले लघुवित्त संस्थाले दुर्गम क्षेत्रमा पुगी विपन्नको दैनिकीमा पु¥याएको सहयोगका बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा महिला प्रतिनिधिले संस्थाले घरदैलोमा पुगी गरिबी हटाउन सराहनीय कार्य गरेको भन्दै आफूहूलाई सेवा शुल्कमा केही सुहलियत दिनुपर्ने माग गरेका थिए।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रमेश्वर महिला स्वावलम्बन केन्द्र भकिम्ली–२ डोले प्रथम, नयाँगाउँ महिला स्वावलम्बन केन्द्र बेनपा–१२ द्वितीय, रानीपँधेरा महिला स्वावलम्बन केन्द्र भकिम्ली–५ तृतीय र सरस्वती महिला स्वावलम्बन केन्द्र बेनपा–११ ले सान्त्वना स्थान प्राप्त गरेका थिए।
यसैगरी संस्थाको सदस्य विस्तारमा सहयोग पु¥याएको भन्दै सपना रेग्मी, कोपिला जिसी, पशुपति शाही, रमिला खत्री, सीता शर्मा तथा सुमित शर्मालाई सम्मान गरिएको बताइएको छ। रासस