नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री रामशरण महतले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक जर्वजस्त रोक्न खोज्नु संसदीय मूल्य मान्यता विपरीत भएको बताएका छन्। संसदमा दर्ता गरिएको विधेयकलाई जर्वजस्त गरेर रोक्ने काम संसदीय व्यवस्थाको मूल्य मान्यता माथिनै हस्तक्षेप भएको उनको टिप्पणी थियो।
नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले सोमबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री डा.महतले संविधान संशोधन विधेयकलाई एमालेले राजनीतिकरण गरेर गतिरोध ल्याएको बताए। प्रमुख प्रतिपक्षी दललाई संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गदै उनले संसदलाई बन्दी बनाएर राजनीतिक स्थिरता, एकता नआउने धारणा राखे ।
‘प्रमुख प्रतिपक्षीको बिधेयक प्रस्तुत गर्न नदिने अडान र मधेसवादी दलको बिधेयक पास नभएका निर्वाचन गर्न नदिने भन्ने दुवै सोच अतिवादी हुन् यसले मुलुकलाई हित गर्दैन’, महतले भने, ‘अब मुलुकलाई निकास नदिने हो भने हामीले प्राप्त गरेका सवै उपलव्धि गुम्ने खतरा आएको छ।’
स्थानीय निकायको निर्वाचन गराएर संविधान कार्यान्वयन गर्न सरकार लाग्नुपर्ने औल्याउदै महतले निर्वाचनमा सवैको सहभागिता हुने वातावरण निर्माण गर्न सबै लाग्नुपर्ने उल्लेख गरे।
उनले संविधान संशोधनलाई निर्वाचनसँगै अघि बढाएर संसदको निकास खोज्नुपर्नेमा जोड दिए।
झापाको विकासको लागि संधै लागिपरेको बताउँदै आफू अर्थमन्त्री भएकै बेला दमक– रवि चिसापानी जोड्ने बाटो फाल्गुनन्द मार्गको निर्माणको लागि बजेट बिनियोजन गरेर काम शुरू गरिएको महतले भनाई राखे।
कांग्रेस विकासको पक्षमा सधै अगाडि बढेको बताउँदै महतले भने–‘दमक –रवि मार्ग यस क्षेत्रका जनताको भविष्यसँग जोडिएको छ, यसलाई पूर्णता दिन आगामी दिनमा पनि मेरो पहलकदमी रहने छ।’
अर्को एक फरक प्रसंगमा नेता महतले शुसासनको अभावनै नेपालको विकासको बाधक भएको बताए। उनले सरकार परिवर्तन हुनासाथ कर्मचारीको नेतृत्व परिवर्तन गरिने प्रवृत्तिले मुलुक विकासमा पछि परेको धारणा राखे।
राजनीनिक नेतृत्व भन्दा समाज धेरै अघि बढिसकेको उल्लेख गदै महतले भने–‘ मुलुक परिवर्तनको लागि नयाँ सोच आवश्यक छ।