नेकपा एमालेलगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल र्याली निकालिएको छ।
एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्गस्थित भृकुटीमण्डपबाट मोटरसाइकल र्याली निकालेका हुन्। र्यालीको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोवाटो, कोटेश्वर, नयाँ बानेश्वर हुँदै पुनःभृकुटीमण्डपमा पुगी टुङ्गिएको थियो। र्यालीमा एमाले उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतको सहभागिता थियो ।