गुम्दा गाविस–५ स्थित माछाखोलामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सल्केको आगोले आज स्थानीय शिरकुमारी गुरुङको घर जलेर नष्ट भएको छ।
आगलागीबाट घरभित्र रहेको दुई लाख ५० हजार, छ तोला सुन, करिब ४० तोला चाँदी, अन्नपात, चाउमिन बनाउने उपकरण समेत जलेर नष्ट भएको छ। प्रहरी चौकी माछाखोलाका प्रहरी सहायक निरीक्षक प्रकाश अधिकारीका अनुसार आगलागीबाट छिमेकीका घरका झ्याल, ढोकामा पनि क्षति पुगेको छ। करिब २५ लाख बराबरको क्षति भएको अनुमान छ।
आगलागी भएपछि घरमा रहेका मानिस भागेर सुरक्षित ठाउँ पुगेका थिए। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ। घर जलेपछि गुरुङको परिवारले छिमेकीकहाँ शरण लिएको छ। रासस