युवराज सिंह र महेन्द्रसिंह धोनीले इङ्ल्यान्डविरूद्ध एकदिवसीयमा चौथो विकेटको कीर्तिमानी साझेदारी गरेका छन्। यी दुवै ब्याट्सम्यान कटकमा भइरहेको इङ्ल्यान्डविरूद्धको दोस्रो एकदिवसीयमा अविजित २ सय २१ रनमा खेलिरहेका छन्। उनीहरूले दक्षिण अफ्रिकाका हासिम अमला र एबि डी भिलियर्सले ५ वर्षअघि बनाएको कीर्तिमानलाई भंग गरेका हुन्।
अफ्रिकी जोडीले सन् २०१२ मा इङ्ल्यान्डविरूद्ध अविजित १ सय ७२ रनको साझेदारी गरेका थिए।
भारतीय ब्याट्सम्यानको रुपमा युवराज र धोनीले १५ वर्षअघि राहुल द्रविड र सचिन तेन्दुलकरले इङ्ल्यान्डविरूद्ध चौथो विकेटका लागि बनाएको १ सय ६९ रनको साझेदारीलाई पनि उछिनेका हुन्। द्रविड र सचिनले २००२ मा चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी गरेका थिए।