महाअभियोग सिफारिस समितिले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा गरिएका पत्राचारका पत्रहरु मगाएको छ।
समिति अन्तर्गतको उपसमितिको बिहिबार बसेको बैठकले कार्की प्रमुख रहेको बेला अनुचीत कार्य के के भए र कसरी भए ति सबै प्रमाणहरु तीन दिन भित्र पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइएको उपसमितका संयोजक रामनारायण बिडारीले बताए ।
‘भ्रष्टचारको आरोपमा पठाएका पत्रहरुलाई पठाउन परेन,’ बिडारीले भने, ‘साढे तीन वर्षको अवधिमा कार्कीले दिएका आदेश र निर्देशनहरु मात्रै पठाउन भनिएको छ।’
उपसमितिले अख्तियारले दिएका आदेश र निर्देशनको पत्रहरु तीन दिनभित्र उपलब्ध गराउन मुख्य सचिव सोमलाल सुवेदीलाई समेत पत्र पठाएको छ ।