राजधानीको चावहिल र चपली क्षेत्रमा सोमबार अपरान्ह केही समय विजुली अवरुद्ध भएको छ। नयाँ ट्रान्सफर्मर राख्न लागेकाले सो क्षेत्रमा केही घन्टा बिजुली आपूर्ति नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणले उपत्यकाका वितरण प्रणाली सुधार्न ठाउँ ठाउँमा नयाँ ट्रान्सफर्मर राखिरहेको छ। चपलीमा ९९ एभिएको ट्रान्सफर्मर राख्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।